ओहदाको प्रमाणपत्र ग्रहण

आज मिति २०७७ साल मङ्‌सिर १८ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
१. थाइल्याण्ड अधिराज्य H.E. Mr. Vosita Vorasaph आवासीय
२. स्टेट अफ इजरायल H.E. Mr. Hanan Goder-Goldberger आवासीय
३. जनवादी गणतन्त्र बंगलादेश H.E. Mr. Salahuddin Noman Chowdhury आवासीय
४. रिपब्लिक अफ युनियन अफ म्यानमार H.E. Mr. Sein Oo आवासीय

(बद्रिनाथ अधिकारी)

प्रवक्ता