सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका उप विदेश मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष चीनका उप विदेश मन्त्री H.E. Mr. Sun Weidong ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनुहुँदै चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्‍याउदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो।

२०८१ साल असार १२ गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता