प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन सम्वत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायत मन्त्री श्री रघुबीर महासेठज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।

२०८१ साल जेठ २७ गते आइतबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता