गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री राम प्रसाद सुवेदीलाई सान मारिनोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि श्री लोक बहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ।

२०८१ साल जेठ २८ गते सोमबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता