कार्यभार तोक्नुभएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) को ११२ औं अधिवेशनमा सहभागी हुन तथा संङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८१ साल जेठ २९ गते मङ्‌गलबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ।

२०८१ साल जेठ २९ गते मङ्‌गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता