सम्माननीय राष्ट्रपतिज्यूको जीवनक्रम

वि. सं. २०१८

वि.सं. २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङ गाउँमा आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेको जेष्ठ सन्तानको रूपमा जन्म ।

 

 

 

 

वि. सं. २०३५

गाउँकै बेहेरेश्वर प्राथिमक विद्यालय, पञ्‍चकन्या मिडिल स्कूल, भूल्के र विद्योदय व्यवसायिक माध्यमिक विद्यालय,भोजपुरबाट विद्यालय शिक्षा पूरा; नेपाल कम्युनिष्ट पार्टीको यूथ लिगमा सदस्यता लिएसँगै राजनीतिमा सक्रियता ।

 

 

 

वि. सं. २०३७

विद्यार्थी आन्दोलनमा संलग्न हुँदै महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा निर्वाचित ।

 

 

 

 

वि. सं.२०३९

कम्युनिष्ट नेता मदन भण्डारीसँग शुभ-विवाह ।

 

 

 

 

वि. सं. २०४९

नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को केन्द्रीय महिला मजदुर विभागको प्रमुखमा निर्वाचित र श्रमिक महिलाका सवालहरूमा नेतृत्व । 

 

 

 

वि.सं. २०५०

संसदीय निर्वाचनमा सहभागिता, वि.सं. २०५० को उपनिर्वाचन, वि.सं. २०५१ को मध्यावधि र वि.सं. २०५६ को प्रतिनिधि सभाको निर्वाचन गरी ३ पटक संसद सदस्यमा निर्वाचित ।

 

 

वि.सं. २०५४

वि.सं. २०५४ सालमा बातावरण तथा जनसंख्या मंत्रीको जिम्मेवारी । 

 

 

 

 

वि. सं. २०५५

वि.सं. २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित। लगातार तीन कार्यकालसम्म उक्त संगठनको अध्यक्ष निर्वाचित । 

 

वि.सं. २०६६

नेपालको पहिलो महिला रक्षामन्त्री बनेर कार्यभार सम्पन्न (२०६६-२०६८) ।

 

 

 

 

वि.सं. २०७२

संविधान घोषणा पश्चातको संसदको निर्वाचनबाट देशको राष्ट्रप्रमुख, राष्ट्रपतिमा निर्वाचित ।