सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको वैयक्तिक विवरण

 
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल

वैयक्तिक विवरण

जन्म                       :         २००१ असोज २९ गते, शनिबार (इ.सं. १४ अक्टोबर १९४४)

माता                       :         ऋषिमाया पौडेल

पिता                       :         दुर्गाप्रसाद  पौडेल

पत्नी                       :         सविता पौडेल

छोराछोरी                :         चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन पौडेल)

जन्मस्थान                :         तनहुँ जिल्ला साविक मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका –८, बेलथुम्की, तनहुँ

स्थायी बसोबास         :         व्यास नगरपालिका –८, बेलथुम्की, तनहुँ

हालको ठेगाना          :         काठमाडौं महानगरपालिका – १६, बोहोराटार, बालाजु

शिक्षा

शास्त्री (संस्कृत साहित्य, २०२४)

स्नातकोत्तर (नेपाली साहित्य २०२७)

राजनीतिक संलग्नता

    • हिमालयन छात्र संघ स्थापना (पोखरामा), २०१६ । पोखरा बिन्ध्यवासिनी पाठशालामा अध्ययनरत रहँदा २०१७ साल जेठ/असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौं अधिवेशनमा प्रतिनिधि ।
    • २०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरी प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएको घटनाप्रति विरोध जनाउदै प्रजातान्त्रिक आन्दोलनमा सहभागी ।
    • नन्दीरात्री मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष ।
    • रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष ।
    • जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व ।
    • २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९/०२० सालमा उपत्यका आन्दोलनको क्रममा गिरफ्तार । २०२०/०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनको क्रममा गिरफ्तार ।
    • गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३
    • सरस्वती कलेज, स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित, २०२३
    • प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४
    • नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ (संघको स्थापनामा मुख्य भूमिका निर्वाह)
    • नेपाली काँग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६), तनहुँ बहुदल प्रचार समितिको अध्यक्ष भई सो जिल्लामा १४ हजार बढी मतले बहुदललाई विजय गराएको ।
    • जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक, २०३६
    • नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४०
    • नेपाली काँग्रेस केन्द्रीय सदस्य, २०४३
    • नेपाली काँग्रेस केन्द्रीय महामन्त्री, (२०६२ – २०६४)
    • नेपाली काँग्रेस केन्द्रीय उपसभापति, (२०६४ – २०७२)
    • २०७२ मा नेपाली काँग्रेस केन्द्रीय कार्यवाहक सभापति भई १३ औँ महाधिवेशन सम्पन्न गरेको ।
    • नेपाली काँग्रेस संसदीय दलको नेता, (२०६४ –२०७०)
    • नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि २०७९ सम्म ।

जेल जीवन

    • भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा वि. सं. २०१८ सालमा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय
    • २०१९/२० सालमा उपत्यकामा भएको विद्यार्थी आन्दोलनमा गिरफ्तार भई ३ महिना कारागार चलान
    • विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१
    • डीआईजी काण्डमा गिरफ्तार भई नख्खु कारागार रहँदा पहिलो पटक गिरिजाबाबुसँग भेट, २०२३
    • प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार भई करिब १५ महिना हिरासतमा,२०२४ साल (पोखरामा ९ महिना र काठमाडौमा ६ महिना)
    • प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार भै पुनः एक वर्ष काठमाडौंमा कारागार चलान, २०२५/२०२६
    • नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडौंमा ३ महिना हिरासतमा, २०२७
    • रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ सालमा गिरफ्तार भै २०३२ सालसम्म निरन्तर ४ वर्ष बन्दी
    • नेपाली काँग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सकृय रहेको भनी २०३४ सालमा गिरफ्तार, १० महिना हिरासतमा । यसै सम्मेलनद्वारा नेपाली काँग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनर्स्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।
    • जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ सालमा गिरफ्तार, ६ महिना हिरासतमा ।
    • नेपाली काँग्रेसको निर्णयअनुसार २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ भई ९ महिना हिरासतमा ।
    • पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनःस्थापनाका लागि नेपाली काँग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार भई ९ महिना हिरासतमा, २०४२
    • २०४६ सालको जनआन्दोलनमा नेपाली काँग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी, समसामयीक बुलेटिन प्रकाशित गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना हिरासतमा,
    • बहुदलीय व्यवस्थाको पुनःस्थापनार्थ धौलागिरी अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा गिरफ्तार गरी बाग्लुङ जेलमा ५ महिना हिरासतमा, २०४६
    • शाही कदम (२०५९) पछि करिव एक वर्ष नजरबन्द र हिरासतमा, २०५९
    • दोस्रो जनआन्दोलन २०६२/२०६३ का दौरान पटकपटक गिरफ्तार र घरमै नजरबन्द ।
    • राजनीतिक जीवनमा २०१८ सालदेखि २०६२ सालसम्म १४ वर्ष भन्दा बढी जेल जीवन ।

योगदान र उपलब्धि

    • तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०४८
    • तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५१
    • तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५६
    • तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०६४
    • तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०७०
    • तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९
    • पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त (२०४८ जेठ १५ देखि २०५१ सम्म)
    • कृषि मन्त्री नियुक्त (२०४९ साउन देखि २०५१ सम्म)
    • प्रतिनिधिसभाको सभामुख निर्वाचित २०५१ पुस २ गते ।
    • उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६
    • उपप्रधान तथा गृहमन्त्री (२०५६–२०५८)
    • शान्ति समितिको संयोजक (२०६१-२०६२)
    • शान्ति तथा पुनःनिर्माण मन्त्री (२०६३-२०६४)
    • नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४-२०७०)

पुरस्कार/सम्मान

    • मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कार
    • महेन्द्र विक्रम शाह पुरस्कार (महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र काँग्रेसका संस्थापक अध्यक्ष हुन्)
    • जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘ग्राण्ड कोर्डोन अफ दी अर्डर अफ द राईजिङ सन’ को सम्मान (सन् २०२०)

प्रकाशित पुस्तकहरू

    • नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास
    • सत्याग्रह किन र कसरी ?
    • प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७
    • नेपाली काँग्रेस र नेपालको आधुनिकीकरण
    • नेपाली काँग्रेस के भन्छ ?
    • आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५
    • नेपाली काँग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५
    • कृषि क्रान्ति र समाजवाद
    • राजनीतिको राजमार्ग, २०७९
    • नेपाली काँग्रेस रूपान्तरणको मार्गचित्र
    • नयाँ सन्दर्भमा समाजवाद
    • अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)
      लगायत दर्जनौं पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइनहरूमा समसामयिक लेखरचना प्रकाशित
    • जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन ।

भ्रमण

नेपालका सबै जिल्ला (मनाङबाहेक), भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीटजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत ।

स्मरणीय क्षण

    • २०२५ सालमा बीपी कोइराला सुन्दरीजल जेलबाट रिहा हुनुभएपछि विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानुभई विचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिनुभएको । त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट । बीपीले पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेट्नु भएको ।
    • त्यसबेला बीपीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने, नेपाल छोड्नु नहुने र बिस्तारै जनतासँग मात्र भेटघाट गर्न सुझाव दिनुभएको थियो । तर, विराटनगर पुगेपछि ‘विद्रोह शुरु गरिहाल्ने’ आग्रहबाट प्रोत्साहित भएर तीन–चार दिनमै बीपी भारत निर्वासित । उहाँले गरेको सशस्त्र संघर्षको आह्वानलाई सर्मथन जनाएर देशभित्रै सकृय रहँदा पटक पटक कारागार चलान ।
    • आठ वर्षपछि बीपीले लिएको नेपाल फर्कने लाइनसँग असहमत भई सारनाथमा बीपीसँग भेट । तीन दिनसम्म लगातार छलफलपछि बीपीले लिएको राष्ट्रियता र प्रजातन्त्रका लागि मेलमिलापको नीतिसँग सहमत ।

विशेष पहिचान

    • समाजवादी चिन्तक र प्रयोगकर्ता । स्वच्छ छवि, सादा जीवन-उच्च विचारका प्रयोगधर्मी ।
    • स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता ।
    • नेपाली काँग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रुपमा परिचित । तत्कालीन सभापति बीपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईवीच र पछि सभापति गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह एवं कृष्णप्रसाद भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सँधै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह ।
    • द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह । विस्तृत शान्ति सम्झौताका मस्यौदाकार । सहमति र सहकार्यका पक्षपाती ।

अन्य

    • सर्वसत्तावाद र प्रतिगमनविरुद्ध गठबन्धनको सुत्रधार
    • ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी २०७९ सालको आम चुनावमा जाने रणनीतिका सुत्रधार ।
    • सभामुख पदमा रहँदा त्यसबेला राजनीतिमा देखिएको विकृति, विसंगतिविरुद्ध देशव्यापीरुपमा ‘मेची–महाकाली अभियान आस्थाको यात्रा’ सम्पन्न गरेको ।

***