प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

तपसिल

क्र.सं. नामथर प्रदेश
श्री परशुराम खापुङ्ग, तेह्रथुम प्रदेश नं. १
श्री तिलक परियार, बाँके कर्णाली प्रदेश
श्री देवराज जोशी, बाजुरा सुदूरपश्चिम प्रदेश

२०७८ कात्तिक २३ गते मंगलबार

(सागर आचार्य)

प्रवक्ता