Duke of Edinburgh शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपाल भ्रमणमा रहनु भएका Duke of Edinburgh Prince Edward Antony Richard Louis तथा वहाँकी धर्मपत्‍नी Duchess of Edinburgh Sophie Helen Rhys-Jones ले शिष्टाचार भेट गर्नुभयो। उक्त भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष Colonel Commandant Brigade of Gurkhas Major General G M Strickland ले Brigade of Gurkha को सन् २०२४ को वार्षिक प्रतिवेदन समेत पेश गर्नुभयो।

२०८१ साल माघ २२ गते मङ्गलबार।

ने.सं. ११४५ सिल्लाथ्व षष्‍ठी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता