सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८०को अवसरमा दिनुभएको शुभकामना सन्देश

वसन्त पञ्चमी तथा सरस्वती पूजा,२०८० को शुभकामना सन्देश विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सरस्वतीलाई शिक्षा,ज्ञान र संगीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा  आफ्ना बालबालिकाहरूलाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिदैँ आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनु पर्ने शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सोनाम ल्होसारको अवसरमा दिनुभएको सन्देश

सोनाम ल्होसारको शुभकामना सन्देश तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि  शुभकामना व्यक्त गर्दछु । सोनाम ल्होसार पर्व  तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ-आफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सहिद दिवस, २०८० को अवसरमा दिनुभएको सन्देश

सहिद दिवस, २०८० को सन्देश सहिद दिवस, २०८० को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न काल खण्डहरूमा निरङ्‌कुश र तानाशाही शासन व्यवस्था विरूद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाईदैँ आइएको छ। आफ्नो अमूल्य जीवनलाई जनता र Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले माघे संक्रान्ति एवम् माघी पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्व, २०८० को शुभकामना सन्देश माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु । यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराई वासीले ‘नहान’ अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना गरी घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता खाद्य परिकार सेवन गर्ने परम्परा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८० को शुभकामना सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पृथ्वीनारायण शाहले  स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पाएका छौं ।  स-साना राज्यमा छरिएर रहेको Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले तमु ल्होसार पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्व, २०८० को शुभकामना सन्देश गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरूभएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ । गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ । नेपालको साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८०  को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णय बमोजिम  पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको हो । यस वर्ष पनि “ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी हामी यो दिवस मनाउन गइरहेका Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उधौली पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

उधौली पर्व, २०८० को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामुहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । प्रकृतिसँग अभिन्‍न Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले क्रिसमस डे, २०२३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डे, २०२३ को शुभकामना सन्देश इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । इसाई धर्मका अनुयायीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् साँस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यो पर्व मनाउने गरिएको छ । यस्ता चाडपर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विवाह पञ्चमीको अवसरमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्‌भाव, सहिष्णुता र  बन्धुत्वको भावनालाई Read More …