सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विजया दशमी, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विजया दशमी,२०८१ को शुभकामना सन्देश हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ । यस अवसरमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु । अन्त्यमा, विजया दशमी २०८१ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण होस्  भन्ने शुभकामना पुन: व्यक्त गर्दछु। जय नेपाल ! २०८१ असोज, २६ Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बडा दसैँ, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

बडा दसैँ, २०८१ को अवसरमा शुभकामना सन्देश हिन्दु धर्मावलम्वीहरूको महान् चाड बडा दसैँ, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शक्तिको प्रतीकका रूपमा हिन्दुहरूले मनाउने बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि नवमीसम्म शक्तिरूपी नवदुर्गा भवानीको पूजा अर्चना गर्ने गरिन्छ । विजया दशमीका दिन दुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रुपमा बडा दसैँ मनाउने गरिन्छ ।  विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जितिया पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितिया पर्व, २०८१ को शुभकामना सन्देश जितिया पर्व, २०८१ को सुखद् अवसरमा  सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेशी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवम् पारिवारिक सुख-शान्तिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै  उत्साहका साथ  मनाइने पर्व हो ।  यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेशी महिलाहरू कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन  र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को शुभकामना सन्देश संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि कष्टपूर्ण संघर्ष गरेका योद्धाहरू, विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व  गर्ने राजनीतिक दलका श्रद्धेय  नेताहरूप्रति सम्मान प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले इन्द्रजात्रा पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व ,२०८१ को शुभकामना सन्देश कुमारी इन्द्रजात्रा पर्व, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश  राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई  एवम् शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस धुमधामका साथ मनाइदैँ आइएको छ । यसै अनुरूप यस वर्ष ” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको छ । बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने लगानी हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको  रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हरितालिका (तीज), २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०८१ को शुभकामना सन्देश नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका (तीज), २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्‍चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । यस पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यस चाड मनाउँदै आइरहेको मैले महसुस गरेको Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०८१ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व,२०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व धुमधामका साथ मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । गीताको माध्यमबाट सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गौरा पर्व, २०८१ को अवसरमा दिनु भएको शुभकामना सन्देश

गौरा पर्व, २०८१ को शुभकामना सन्देश गौरा पर्व, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ  जसको फलस्वरूप  शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा”  अर्पण गरी Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्तीको अवसरमा दिनुभएको सन्देश

आदिकवि भानुभक्त आचार्यको २११ औं  जन्म जयन्तीको सन्देश आदिकवि भानुभक्त आचार्यको २११ औं  जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रुपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम् Read More …