सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सीता जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता जयन्तीको शुभकामना सन्देश राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्‍ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायणलगायत पुराणहरूमा वर्णन गरिएको पाइन्छ । माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरका रूपमा रहि आएको छ । जानकी, वैदेही, जनक नन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धाभक्तिपूर्वक लिदै आज सीता जयन्तीका अवसरमा देशभरका Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले दसौँ भूकम्प स्मृति दिवसको अवसरमा दिनुभएको सन्देश

दसौँ भूकम्प स्मृति दिवसको सन्देश गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ । नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहन पर्दछ भन्ने मलाई लाग्दछ । हाम्रो मुलुक प्राकृतिक Read More …

संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान हाललाई स्थगित

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्‍वान हाललाई स्थगित गर्नु भएको छ । २०८३ साल वैशाख १० गते बिहीबार । ने.सं. ११४६ वछलाथ्व: सप्‍तमी । (रितेशकुमार शाक्य) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ को सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको छ । २०८३ साल वैशाख ९ गते बुधबार । ने.सं. ११४६ वछलाथ्व: पञ्चमी । (रितेशकुमार शाक्य) प्रवक्ता

मन्त्रीको कार्यभार

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‌का गृह मन्त्री श्री सुधन गुरुङले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्‌ले सम्हाल्ने गरी तोक्नुभयो । २०८३ साल वैशाख ९ गते बुधबार । ने.सं. ११४६ वछलाथ्व: पञ्‍चमी । (रितेशकुमार शाक्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवारी गराइएको थियो। तपसिल   क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. गाम्बिया H.E. Mr. Mustapha Jawara गैरआवासीय २. क्यानडा H.E. Mr. Christopher Cooter गैरआवासीय ३. स्लोभेनिया H.E. Mr. Tomaž Mencin गैरआवासीय ४. अल्जेरिया H.E. Mr. Abdenor Khelifi गैरआवासीय २०८३ साल वैशाख ७ गते सोमबार। ने.सं. ११४६ वछलाथ्व: तृतीया। (रितेश कुमार शाक्य) प्रवक्ता Rt. Hon. President Mr. Ramchandra Paudel Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नव वर्ष २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष २०८३ को शुभकामना सन्देश नव वर्ष २०८३ को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । हाम्रो देशमा प्रचलनमा रहेका संवत्‌हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा हुन् । जसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछन् र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछन् । हामी नेपालीहरूले नव वर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यहरूका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिँदै आएका छौं । विशेष पर्व र Read More …

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७९ को  नियम ९ बमोजिम प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री रुबी कुमारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । २०८२ साल चैत २७ गते शुक्रबार । ने.सं. ११४६ चौलागा: अष्‍टमी । (रितेशकुमार शाक्य) प्रवक्ता  

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम थर पद कार्यविभाजन १ श्री वालेन्द्र शाह प्रधानमन्त्री रक्षा २ डा. स्वर्णिम वाग्ले मन्त्री अर्थ ३ श्री शिशिर खनाल मन्त्री परराष्ट्र ४ श्री विराज भक्त श्रेष्‍ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ५ श्री सुधन गुरुङ मन्त्री गृह ६ श्री सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास ७ श्री सोविता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला Read More …