सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फागुपूर्णिमा (होली) पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
फागुपूर्णिमा (होली) पर्व, २०८१ को शुभकामना सन्देश नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याए पछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राती चीर दाह गरेपछि समापन हुन्छ । रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ । होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको छ । यही विविधता बीचको Read More …