संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ को सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको छ । २०८३ साल वैशाख ९ गते बुधबार । ने.सं. ११४६ वछलाथ्व: पञ्चमी । (रितेशकुमार शाक्य) प्रवक्ता

मन्त्रीको कार्यभार

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‌का गृह मन्त्री श्री सुधन गुरुङले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्‌ले सम्हाल्ने गरी तोक्नुभयो । २०८३ साल वैशाख ९ गते बुधबार । ने.सं. ११४६ वछलाथ्व: पञ्‍चमी । (रितेशकुमार शाक्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवारी गराइएको थियो। तपसिल   क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. गाम्बिया H.E. Mr. Mustapha Jawara गैरआवासीय २. क्यानडा H.E. Mr. Christopher Cooter गैरआवासीय ३. स्लोभेनिया H.E. Mr. Tomaž Mencin गैरआवासीय ४. अल्जेरिया H.E. Mr. Abdenor Khelifi गैरआवासीय २०८३ साल वैशाख ७ गते सोमबार। ने.सं. ११४६ वछलाथ्व: तृतीया। (रितेश कुमार शाक्य) प्रवक्ता Rt. Hon. President Mr. Ramchandra Paudel Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नव वर्ष २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष २०८३ को शुभकामना सन्देश नव वर्ष २०८३ को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । हाम्रो देशमा प्रचलनमा रहेका संवत्‌हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्त्वपूर्ण हिस्सा हुन् । जसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछन् र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछन् । हामी नेपालीहरूले नव वर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यहरूका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिँदै आएका छौं । विशेष पर्व र Read More …

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७९ को  नियम ९ बमोजिम प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री रुबी कुमारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । २०८२ साल चैत २७ गते शुक्रबार । ने.सं. ११४६ चौलागा: अष्‍टमी । (रितेशकुमार शाक्य) प्रवक्ता  

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम थर पद कार्यविभाजन १ श्री वालेन्द्र शाह प्रधानमन्त्री रक्षा २ डा. स्वर्णिम वाग्ले मन्त्री अर्थ ३ श्री शिशिर खनाल मन्त्री परराष्ट्र ४ श्री विराज भक्त श्रेष्‍ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ५ श्री सुधन गुरुङ मन्त्री गृह ६ श्री सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास ७ श्री सोविता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला Read More …

मौजुदा मन्त्रिपरिषद्‌ हेरफेर

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा देहाय बमोजिम कार्यविभाजन गरी हेरफेर गर्नुभएको छ । क्र.सं. नाम थर पद कार्यविभाजन १ श्री वालेन्द्र शाह प्रधानमन्त्री रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति; श्रम, रोजगार तथा सामाजिक सुरक्षा २ डा. स्वर्णिम वाग्ले मन्त्री अर्थ ३ श्री शिशिर खनाल मन्त्री परराष्ट्र ४ श्री विराज भक्त श्रेष्‍ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ५ श्री सुधन गुरुङ मन्त्री गृह ६ श्री सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास ७ श्री सोविता गौतम Read More …

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । २०८२ साल चैत २६ गते बिहीबार । ने.सं. ११४६ चौलागा: सप्तमी । (रितेशकुमार शाक्य) प्रवक्ता

राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री लिला कुमारी भण्डारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । २०८२ साल चैत २४ गते मङ्गलबार । ने.सं. ११४६ चौलागा पञ्‍चमी । (रितेशकुमार शाक्य) प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌को मर्यादाक्रम देहाय अनुसार हेरफेर गर्नुभएको छ । क्र.सं. नाम थर पद कार्यविभाजन १ श्री वालेन्द्र शाह प्रधानमन्त्री रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति २ डा. स्वर्णिम वाग्ले मन्त्री अर्थ ३ श्री शिशिर खनाल मन्त्री परराष्ट्र ४ श्री विराज भक्त श्रेष्‍ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ५ श्री सुधन गुरुङ मन्त्री गृह ६ श्री सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास ७ श्री सोविता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला ८ श्री सीता बादी Read More …