विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२/४/१४ २०८२ साल साउन १४ गते बुधबार। ने.सं. ११४५ गुँलाथ्व, षष्‍ठी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत प्रा.डा. कपिल मान श्रेष्ठलाई गणतन्त्र केन्या र गणतन्त्र जिम्बावेका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल साउन १२ गते सोमबार। ने.सं. ११४५ गुंलाथ्व चतुर्थी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

शिष्‍टाचार विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि नर्वेका राजदूत H.E. Ms. Torun Dramdal ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र नर्वेबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Ms. Torun Dramdal लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल साउन १२ गते सोमबार। ने.सं. ११४५ गुंलाथ्व चतुर्थी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औं जयन्तीको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष, पुरस्कृत व्यक्तित्व, उपस्थित महिला तथा सज्जनवृन्द ! सर्वप्रथम नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको लागि जीवन आहुति दिनुहुने राष्ट्रिय विभूति भीमसेन थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न त्याग, संघर्ष र जीवन उत्सर्ग गर्ने वीरपूर्खाहरूको योगदानलाई जीवन्त राख्न राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य गर्दै आएकोमा म यसको सराहना गर्दछु। साथै, यस कार्यक्रममा राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा प्रतिष्ठानले स्थापना गरेको भीमसेन थापा पुरस्कारबाट पुरस्कृत हुनुभएका डा. भेषबहादुर थापालाई म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । डा. थापाले मुलुकको आर्थिक विकास तथा कुटनीतिक क्षेत्रमा दिनुभएको योगदान प्रशंसनीय छ Read More …

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौं

काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘इतिहासका अनेकौ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अंगालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक फिर्ता

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको दफाहरूको सम्बन्धमा संघीय संसदबाट पुन: गहन अध्ययन, छलफल, विमर्श र विश्‍लेषण सहित पुनर्विचार हुन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित उक्त विधेयक सम्माननीय राष्ट्रपतिज्यूले विधेयक उत्पति भएको सदन प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ। २०८२ साल साउन ८ गते बिहीबार। ने.सं. ११४५ दिल्लागा औंशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राजिनामा स्वीकृत

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य श्री अमर राज मिश्रले नेपालको संविधानको धारा २५० को उपधारा (४) को (क) बमोजिम राष्‍ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य पदबाट मिति २०८२ साउन १ गते दिनुभएको राजिनामा सोही मिति देखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ। २०८२ साल साउन ४ गते आइतबार। ने.सं. ११४५ दिल्लागा दशमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपालका आवासीय राजदूत श्री सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि र  संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत श्री चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल साउन १ गते बिहीबार। ने.सं. ११४५ दिल्लागा सप्‍तमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मन्त्रीको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री भगवती न्यौपानेज्यूले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०८२ साल असार ३२ गते बुधबार। ने.सं. ११४५ दिल्लागा षष्‍ठी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌मा मन्त्री पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा संवत् २०८१ साल असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री राजकुमार गुप्‍ताले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ। २०८२ साल असार ३१ गते मङ्‌गलबार। ने.सं. ११४५ दिल्लागा पञ्‍चमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता