सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू धान रोपाइँमा सहभागी

काठमाडौः असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, प्रथम महिला सबिता पौडेलज्यू  सहभागी हुनुहुन्थ्यो  । रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय धान दिवस, २०८२ शुभकामना सन्देश राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरि धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्ने उद्देश्यले वि सं २०६१ सालदेखि प्रत्येक वर्ष आषाढ १५ गते लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन शुरू गरिएको हो । यस वर्ष ‘‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्म निर्भरता’’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइरहेका छौँ । नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको Read More …

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्पेनको औपचारिक भ्रमण एवम् 4th International Conference on Financing for Development विषयक कार्यक्रममा सहभागी हुन सम्वत् २०८२ साल असार १४ गते शनिबार स्पेनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८२ साल असार १४ गते शनिबार। ने.सं. ११४५ दिल्लाथ्व तृतीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । जयतु संस्कृतमद्वारा विहिबार प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एशियामा नै गहिरो प्रभाव पर्दै आइरहेकोमा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–‘कम्प्युटर र ए.आईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ । आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।’ उहाँले यो संस्कृत सम्मेलनले युद्धको बिभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै Read More …

नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको छ

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको भन्दै नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको  धरोहर पनि Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा गर्नुभएको सम्बोधन

 कार्यक्रमका अध्यक्ष माननीय मन्त्री  संसदीय समितिका माननीय सभापति  पुरस्कृत कृषकहरू  महिला तथा सज्जनवृन्द ! कृषि व्यवसायमा संलग्न भै कृषि कार्य गरिरहनु भएका उत्कृष्ट कृषकहरूलाई सम्मान गर्न पाउँदा मलाई खुसी लागेको छ । कृषक पुरस्कार कार्यक्रमले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्न, कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको मनोबल उच्च राख्न मद्दत पुग्ने विश्वास मैले लिएको छु । राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनुहुने कृषकहरूलाई धेरै धेरै बधाइ तथा शुभकामना व्यक्त गर्दछु । नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिबिम्व गर्दथ्यो । अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले Read More …

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभयो–‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. जनगणतन्त्र बंगलादेश H.E. Md. Shafiqur Rahman आवासीय २. गणतन्त्र दक्षिण अफ्रिका H.E. Mr. Anil Sooklal गैरआवासीय ३. गणतन्त्र एङ्गोला H.E. Mr. Clemente Pedro Francisco Camenha गैरआवासीय ४. गणतन्त्र अर्जेन्टिना H.E. Mr. Mariano Agustin गैरआवासीय २०८२ साल असार ९ गते सोमबार। ने.सं. ११४५ तछलागा त्रयोदशी। Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय योग दिवस, (जुन २१) २०२५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस, (जुन २१) २०२५ को शुभकामना सन्देश अन्तर्राष्ट्रिय योग दिवस  (जुन २१) , २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू  गरिएको हो । यस वर्ष हामी “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइरहेका छौं । योगलाई  शारीरिक अभ्यास तथा निश्‍चित नियम, विधि र Read More …

गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल असार ५ गते बिहीबार। ने.सं. ११४५ तछलागा अष्‍टमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता