सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सातौ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश
सातौं राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को शुभकामना सन्देश ‘महिला अधिकारको सम्मान: आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । Read More …