सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ग्याल्पो ल्होसार, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
ग्याल्पो ल्होसार, २०८१ को शुभकामना सन्देश शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायतका परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउँछ । संस्कृति, परम्परा र मान्यताहरूलाई अनुसरण गर्दै मनाइने ग्याल्पो ल्होसार लगायतका चाड पर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवम् एकता कायम Read More …