सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले तमु ल्होसार पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्वको शुभकामना सन्देश गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका   सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई  नयाँ वर्ष सुरूभएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन छ । गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ । नेपालको ऐतिहासिक, साँस्कृतिक र सामाजिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै सामाजिक एकता, मेलमिलाप तथा पर्यटन प्रवर्द्धन गर्न यस पर्वले थप टेवा पुर्‍याउने अपेक्षा गरिन्छ । गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवन Read More …

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ। क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री सुशीला कार्की प्रधानमन्त्री रक्षा २. श्री रामेश्वर प्रसाद खनाल मन्त्री अर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन ३. श्री कुलमान घिसिङ मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास ४. श्री ओम प्रकाश अर्याल मन्त्री गृह ५. श्री अनिलकुमार सिन्हा मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ६. Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय ज्येष्‍ठ नागरिक दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय ज्येष्‍ठ नागरिक दिवस, २०८२ को शुभकामना सन्देश राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वि. सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम  उक्त दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको पाइन्छ । यस वर्ष पनि “हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले क्रिसमस डे, २०२५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डे, २०२५ को शुभकामना सन्देश इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । इसाई धर्मका अनुयायीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवम् साँस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’  मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ । प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र Read More …

जनवादी गणतन्त्र चीनका राजदूतबाट विदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. CHEN Song ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Mr. CHEN Song लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८२ साल पुस ८ गते मङ्‌गलबार। ने.सं. ११४६ पोहेलाथ्व, तृतीया। (प्रदीप कुमार कोइराला) प्रवक्ता  

मन्त्रीको कार्यभार

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी  तोक्नु भएको छ। २०८२ साल पुस ४ गते शुक्रबार। ने.सं. ११४६ थिंल्लागा, औँसी। (प्रदीप कुमार कोइराला) प्रवक्ता    

अध्यादेश जारी

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम जारी भएको मिति १. प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ २०८२/०९/०४ २०८२ साल पुस ४ गते शुक्रबार। ने.सं. ११४६ थिंल्लागा, औँसी। (प्रदीप कुमार कोइराला) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्‍ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।

राष्‍ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्‍ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री सुशीला कार्कीज्यूले राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८२ साल मङ्‌सिर २८ गते आइतबार। ने.सं. ११४६ थिंल्लागा, दशमी। (प्रदीप कुमार कोइराला) प्रवक्ता