सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना सन्देश ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति एवम् समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष “Our rights, our future, right now” भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदैछ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषयहरू नेपालको संविधानले अवलम्बन गरी यसको विस्तार र विकास गर्न योगदान Read More …