कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (29th UN Climate Change Conference COP29) का अवसरमा आयोजना हुने World Leaders Summit मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै सम्वत् २०८१ साल कात्तिक २५ गते आइतबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएको छ। २०८१ साल कात्तिक २५ गते आइतबार। ने.सं. ११४५ कछलाथ्व नवमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र श्री लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका  लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल कात्तिक २५ गते आइतबार। ने.सं. ११४५ कछलाथ्व नवमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ । क्र.सं. नाम, थर र वतन हाल कार्यरत पद र अदालत नियुक्ति गरिएको पद र अदालत १ श्री नृपध्वज निरौला मुख्य न्यायाधीश, उच्च अदालत पाटन न्यायाधीश, सर्वोच्च अदालत २ श्री नित्यानन्द पाण्डेय मुख्य न्यायाधीश, उच्च अदालत तुलसीपुर न्यायाधीश, सर्वोच्च अदालत २०८१ साल कात्तिक २५ गते आइतबार। ने.सं. ११४५ कछलाथ्व नवमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १४०औं फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले छठ पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०८१ को शुभकामना सन्देश छठ पर्व, २०८१ को पावन अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको पूजा, अर्चना र व्रत बसी रातभर खोला तथा  पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ यस पर्व मनाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय हो । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाईने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट Read More …

आवासीय राजदूत नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल कात्तिक २१ गते बुधबार। ने.सं. ११४५ कछलाथ्व पञ्चमी।   (अर्चना खड्का अधिकारी) उपसचिव एवम् सूचना अधिकारी

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल संवत् ११४५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल संवत् ११४५ को शुभकामना सन्देश ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा नयाँ संवत्‌ शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ । लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ Read More …