राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. को अनुसूची २ बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री विमला घिमिरेज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। २०८० साल चैत २८ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा एवम् सुशासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । २०८० साल चैत २१ गते बुधबार । (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता