सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री अनुपराज शर्माले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तबाट उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल मङ्‌सिर २२ गते, आइतबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाबाट राष्ट्रपति भवन, शीतलनिवासमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका आयुक्तहरु समेतको उपस्थिति थियो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद्का सदस्य श्री पदमप्रसाद वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम मिति २०७६/८/१८ गते न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा दिनु भएको छ ।    (हरि प्रसाद दाहाल)  प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल मङ्‌सिर १८ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १ संयुक्त अधिराज्य H.E. Ms. Nicola Kathryn Pollitt आवासीय २ गणतन्त्र लेबनान H.E. Mr. Rabie Narsh गैरआवासीय ३ गणतन्त्र इस्टोनिया H.E. Ms. Katrin Kivi गैरआवासीय ४ गणतन्त्र इराक H.E. Dr. Falah Abdulhasan Abdulsada गैरआवासीय (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा व्यक्त शुभकामना सन्देश

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश “दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य” भन्ने राष्ट्रिय संकल्पका साथ मनाउन लागिएको अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा फरकक्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको सन्दर्भमा फरकक्षमता भएका व्यक्तिहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व हो । नेपालमा फरकक्षमता भएका व्यक्तिहरूको अधिकार प्रबर्द्धनका साथै संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकारहरू सुनिश्चितताका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानु पर्दछ भन्ने मलाई लागेको छ । फरकक्षमता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच, अपाङ्गतामैत्री Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्‍चमीको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्‍चमीको शुभकामना सन्देश मार्ग शुक्ल पञ्‍चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्‍न भएको विशेष सम्झनामा मनाईने विवाह पञ्‍चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आदिकालमा ज्ञान, शिक्षा र साँस्कृतिक वैभवले सम्पन्‍न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौं युगदेखि हुँदै आएको छ । यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्‍चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ । यस्ता पर्वहरूले आदर्श एवम् उच्च मर्यादित समाज निर्माण र राष्ट्रिय एकताको भावना जागृत गर्न सहयोग पुर्‍याउने विश्‍वास मैले लिएको छु । अन्तमा, प्राचीन साँस्कृतिक पर्व विवाह पञ्‍चमीले हामीहरुबीच आपसी मेलमिलाप, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ का अवसरमा दिनुभएको शुभकामना सन्देश

महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरे बमोजिम “समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा विश्वभरका महिला दिदीबहिनीहरुको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । कानूनले निषेध गरेका वोक्सी, छाउपडी, दाइजो जस्ता अन्धविश्वास र कुप्रथाको कारण  धेरै नेपाली महिलाहरु हिंसा, विभेद र अपमानका पीडा खप्न वाध्य छन् । यसर्थ महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि कानुनको अक्षरस कार्यान्वयन साथै शिक्षा Read More …

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल मंसिर ५ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं. नाम, थर पदनाम कार्यविभाजन १ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन २ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास ३ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ५ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात ६ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन

आज मिति २०७६ साल मंसिर ४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १ श्री केपी शर्मा ओली प्रधानमन्त्री   २ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा ३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला ४ श्री रामबहादुर थापा मन्त्री गृह ५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र ६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ७ श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा Read More …