विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि पाकिस्तानका राजदूत H.E. Mr. Abrar H. Hashmi ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो। उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा पाकिस्तानका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
२०८३ साल असार १७ गते बुधबार।
ने.सं. ११४६ तछलागा: प्रतिपदा।
(रितेशकुमार शाक्य)
प्रवक्ता


