ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. जापान H.E. Mr. Maeda Toru आवासीय
२. तुर्कमेनिस्तान H.E. Mr. Shalar Geldynazarov गैरआवासीय
३. जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस H.E. Mr. Bounmy Vanmany गैरआवासीय
५. इस्लामिक गणतन्त्र इरान H.E. Dr. Iraj Elahi गैरआवासीय

२०८१ साल माघ १० गते बिहीबार।

ने.सं. ११४५ प्वहेलागा नवमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

H.E. Mr. Maeda Toru, Resident Ambassador of Japan H.E. Mr. Shalar Geldynazarov, Non-Resident Ambassador of Turkmenistan
H.E. Mr. Bounmy Vanmany, Non-Resident Ambassador of Lao People’s Democratic Republic H.E. Dr. Iraj Elahi, Non-Resident Ambassador of Islamic Republic of Iran