विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू प्रोस्टेटको सफल उपचार पछि आज मिति २०८१ साल मङ्सिर २२ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँ गत मङ्सिर १९ गते उक्त अस्पतालमा भर्ना हुनुभएको थियो।
सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू, अस्पतालका अन्य कर्मचारीहरू लगायत स्वदेश तथा विदेशमा रही उहाँको स्वास्थ्य लाभको कामना गर्ने महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
२०८१ साल मङ्सिर २२ गते शनिबार।
ने.सं. ११४५ थिंलाथ्व षष्ठी।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता