सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वदेश फिर्ता

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई उपचाररत रहनु भएकोमा अस्पतालबाट डिस्चार्ज भई आज नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फिर्ता हुनुभयो ।

२०८० साल वैशाख १७ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता