सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बाग्लुङ्ग जिल्लाको ढोर पाटन नगर र निशी खोला गाउँपालिकामा साउन २० गते शुक्रबार अबिरल बर्षा पछि आएको पहिरोमा पुरिएर एकै घरका ४ जना सहित ६ जनाको मृत्यु भएको तथा डोटीमा जीप दुर्घटनामा परी ९ जनाले जीवन गुमाएको घटना प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । त्यसै गरी सम्माननीयज्यूबाट देशका विभिन्न भागमा बाढी पहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षति प्रति चिन्ता व्यक्त गर्नु भएको छ । देशको सम्वेदनशील भौगोलिक बनौटका कारण प्रत्येक बर्ष प्राकृतिक प्रकोपमा परी ठुलो जनधनको क्षति भईरहेको परिप्रेक्षमा क्षती न्यूनिकरण प्रति  सरकार सदा सजग रहनु आवश्यक छ । वर्षा याममा आउने बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटना समेतबाट हुने धनजनको क्षती प्रति सचेत रहन सम्वद्ध सबै सरकारी निकाहरुलाई अविलम्व ध्यान दिन आग्रह गर्नु भएको छ ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता