सम्माननीय राष्ट्रपतिज्यू र मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति Xi Jinping बीच भेटवार्ता

आज मिति २०७६ साल असोज २५ गते शनिबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति Xi Jinping बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,  आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भयो । उक्त अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू, माननीय परराष्ट्र मन्त्रीज्यू, माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यू, माननीय खानेपानी मन्त्रीज्यूलगायत नेपाल सरकार तथा चीन सरकारका उच्चपदस्थ अधिकारीहरु  समेतको उपस्थिति रहेको  थियो ।

 (हरि प्रसाद दहाल)

प्रवक्ता