सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Parliament of Ireland का सभामुखबाट शिष्टाचार भेट

आज मिति २०७६ साल भदौ २४ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका Parliament of Ireland का सभामुख Rt. Hon. Sean O Fearghail को नेतृत्वमा आईरिस प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा आयरल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो।

   (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता