सम्माननीय राष्ट्रपतिज्यूको आधिकारिक ट्वीटर एकाउन्ट सञ्‍चालन

आज मिति २०७४ साल चैत्र २६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको आधिकारिक ट्वीटर एकाउन्ट एट प्रेसिडेण्टअफएनपी  (@PresidentofNP)  को नाममा  सञ्‍चालन भएको छ । पहिलो ट्वीटमा उहाँले “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !” उल्लेख गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता