सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७४ साल फागुन २२ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको औपचारिक भ्रमणमा रहनुभएका मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री H.E. Mr. Shahid Khequan Abbasi ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा माननीय अर्थ मन्त्री डा. युवराज खतिवडा, नेपाल सरकार तथा पाकिस्तान सरकारका उच्च पदस्थ अधिकारीहरु, नेपालस्थित पाकिस्तानका महामहिम राजदूत एवम् पाकिस्तानका लागी नेपालका राजदूत समेतको उपस्थिति थियो ।

 

(हरि प्रसाद दवाडी)

प्रवक्ता