सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बङ्गलादेशका सेना प्रमुखबाट शिष्टाचार भेट

आज मिति २०७४ साल जेठ २४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका सेना प्रमुख Abu Belal Muhammad Shafiul Huq, ndc, psc  बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपालस्थित बङ्गलादेशका राजदूतको पनि उपस्थिति थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता