सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्रीज्यू, नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यूहरु र नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल जेठ २४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आजै, सम्माननीय राष्ट्रपतिज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यूहरु तथा माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम उपप्रधानमन्त्री तथा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय कायम मुकायम प्रधानन्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, निवर्तमान प्रधानमन्त्रीज्यू, व्यवस्थापिका-संसदका विपक्षी दलका नेताज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, पूर्व सभामुखज्यूहरु, व्यवस्थापिका-संसदका विभिन्न समितिका माननीय सभापतिज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका मुख्य सचिवज्यू, नेपाल स्थित विदेशी दूतावासका महामहिम राजदूतज्यूहरु लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. नाम थर पद कार्यविभाजन
1. श्री विजयकुमार गच्छदार उपप्रधानमन्त्री सङ्‌घीय मामिला तथा स्थानीय विकास
2. श्री कृष्णवहादुर महरा उपप्रधानमन्त्री परराष्ट्र
3. श्री गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री शिक्षा
4. श्री ज्ञानेन्द्रवहादुर कार्की मन्त्री अर्थ
5. श्री फरमुल्लाह मंसुर मन्त्री श्रम तथा रोजगार
6. श्री जनार्दन शर्मा मन्त्री गृह
7. श्री प्रभु शाह मन्त्री विना विभागीय

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता