सजाय माफी

आज मिति २०७३ साल असोज २१ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७३/६/२० को सिफारिसमा बडा दशैं, २०७३ को उपलक्ष्यमा कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२क) एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका गजेन्द्र लावती समेत १०४ (एक सय चार) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।

(केशव प्रसाद घिमिरे)

उपसचिव