नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र निज मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्नु हुने भएकोले हाल ज्येष्ठता क्रममा रहेका व्य.नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको निर्णयबाट सिफारिस भए बमोजिम मिति २०७८/४/२६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोक्नु भएको छ ।

(जगन्नाथ पन्त)

प्रवक्ता