नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

क्र.सं. नाम, थर पदनाम कार्यविभाजन
१.               श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
२.               श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
३.               श्री प्रभु साह मन्त्री शहरी विकास
४.              श्री गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

(रूपनारायण भट्टराई)

प्रवक्ता