गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

 

(हरि प्रसाद दहाल)

प्रवक्ता