गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल जेठ ९ गते का दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत श्री लोकदर्शन रेग्मीलाई आयरल्याण्ड तथा गणतन्त्र माल्टाका लागि र जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ।

(केशव प्रसाद घिमिरे)

सहायक  प्रवक्ता