कार्यभार सम्हाल्ने गरी तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री श्री गजेन्द्रबहादुर हमालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

२०७८ साल असोज २५ गते सोमबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता