विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि साउदी अरेबिया अधिराज्यका राजदूत H.E. Mr. Saad Abuhaimed ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र साउदी अरेबियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।
साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Mr. Saad Abuhaimed लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।
२०८२ साल मङ्सिर ९ गते मङ्गलबार।
ने.सं. ११४६ थिंल्लाथ्व, पञ्चमी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



