विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष श्री प्रकाशमान सिंह राउतज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।
२०८२ साल चैत ११ गते बुधबार।
ने.सं. ११४६ चिल्लाथ्व सप्तमी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


