सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष श्री प्रकाशमान सिंह राउतज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

२०८१ साल फागुन २७ गते मङ्‌गलबार।

ने.सं. ११४५ चिल्लाथ्व द्वादशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता