सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ।

क्र.सं. नामथर र वतन हाल कार्यरत पद र अदालत नियुक्ति गरिएको पद र अदालत
१. श्री मेघराज पोखरेल वरिष्‍ठ अधिवक्ता, (प्र.प.नं. ५४८) न्यायाधीश, सर्वोच्च अदालत
२. श्री श्रीकान्त पौडेल मुख्य न्यायाधीश,

उच्च अदालत जनकपुर

न्यायाधीश, सर्वोच्च अदालत
३. श्री शान्तिसिंह थापा मुख्य न्यायाधीश,

उच्च अदालत दिपायल

न्यायाधीश, सर्वोच्च अदालत

२०८२ साल असार २३ गते सोमबार।

ने.सं. ११४५ दिल्लाथ्व द्वादशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता