सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विजया दशमी, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विजया दशमी, २०८२ को शुभकामना सन्देश

हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ। यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु।

अन्त्यमा, विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण होस्  भन्ने शुभकामना पुन: व्यक्त गर्दछु।

जय नेपाल !

२०८२ असोज १६ गते बिहीबार।

ने.सं. ११४५ कौलाथ्व दशमी।