ईद (ईद उल फित्र) पर्व, २०८० को शुभकामना सन्देश
इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
ईद (ईद-उल-फित्र) पर्वलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।
यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास लिएको छु ।
हाम्रो देशमा विशेष गरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौं, रौतहट, सप्तरी, मोरङ, कपिलवस्तु, सुनसरीलगायत इस्लाम समुदाय बसोबास गर्ने अन्य स्थानहरूमा समेत यो पर्व मनाइन्छ । सामाजिक एवम् साँस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लाग्दछ ।
अन्त्यमा, यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।
जय नेपाल !
२०८० चैत्र, २९ गते बिहीबार ।