सम्माननीय राष्‍ट्रपतिज्यू स्वदेश फिर्ता

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू कतारको दोहामा आयोजना भएको Second World Summit for Social Development विषयक कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०८२ साल कात्तिक १७ गते (तदनुसार ०३ नोभेम्बर, २०२५) सोमबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण सम्पन्‍न गरी आज स्वदेश फर्कनु भयो।

२०८२ साल कात्तिक २० गते बिहीबार।

ने.सं. ११४६ कछलागा, प्रतिपदा।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता