सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक फिर्ता

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको दफाहरूको सम्बन्धमा संघीय संसदबाट पुन: गहन अध्ययन, छलफल, विमर्श र विश्‍लेषण सहित पुनर्विचार हुन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित उक्त विधेयक सम्माननीय राष्ट्रपतिज्यूले विधेयक उत्पति भएको सदन प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ।

२०८२ साल साउन ८ गते बिहीबार।

ने.सं. ११४५ दिल्लागा औंशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता