काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले एसीसी यू -१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा एक कार्यक्रमका बीच बधाई दिनुभएको छ। सम्माननीय राष्ट्रपतिज्यूले सो अवसरमा खेलाडी, प्रशिक्षक तथा अफिसीयलहरूलाई माला लगाएर सम्मान गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताउनुभयो ।
एसीसी यू -१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उहाँले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडिहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गर्नुभयो ।
उहाँले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा माननीय खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू तथा नेपाल क्रिकेट संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


