सम्माननीय राष्ट्रपतिज्यू गणतन्त्र दिवस मूल समारोहमा सरिक

काठमाडौँ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रथम महिला सविता पौडेलसहित गणतन्त्र दिवस २०८२ मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा यही जेठ १५ गते  आयोजित विशेष समारोहमा  सरिक हुनुभयो । उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रिय गान, झण्डोत्तोलन गरिनुका साथै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । साथै विविध साँस्कृतिक झाँकी प्रदर्शन र सुरक्षा निकायबाट मार्चपास प्रस्तुत भएको थियो ।