संयुक्त राज्य अमेरिकाका राजदूतबाट विदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Mr. Dean R. Thompson ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत H.E. Mr. Dean R. Thompson लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८२ साल पुस २४ गते बिहीबार।

ने.सं. ११४६ पोहेलागा, पञ्‍चमी।

(रितेशकुमार शाक्य)

प्रवक्ता